"मनाङ्ग जिल्लामा आयोजित बृहत स्वास्थ्य शिविर"


May 31, 2022

मनाङ्ग, २०७९ जेष्ठ १६ गते ।


मनाङ्गको जिल्ला अस्पताल चामे, हुण्डी स्वास्थ्य चौकी र ठोचे हेल्थपोष्टमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र स्थानीय ३ पालिकाको सहकार्यमा यही जेष्ठ १४ र १५ गते निःशुल्क मृर्गौला, मुत्र रोग, मुटु, कलेजो, र दन्त सेवा सम्मिलित स्वास्थ्य शिविर आयोजना गरियो । 


उक्त शिविरबाट मनाङ्ग जिल्लाका अति दुर्गम भेगका करीब ७०० जना सेवा ग्राहीहरु लाभान्वित भएका थिए । इको, इसिजी, अल्ट्रासाउण्ड तथा पिसाबको जाँच लगायतको सुविधा उपलब्ध भएको उक्त शिविरमा विषेशज्ञ चिकित्सक सेवा प्रदान गरेका थिए ।


केन्द्रका कार्यकारी निर्देशक डा पुकार चन्द्र श्रेष्ठले नेतृत्व गर्नु भएको शिविरमा डा लुसन सिंह, डा प्रवेश न्यौपाने, डा जुजु श्रेष्ठ, डा कर्ण राजवंशी, डा सुधिर जोशी, डा समीर दवाडी, डा गोपाल सुवाल डा हरि बराल, डा उत्सव भट्टराई  र डा निरु शर्मा र क्याम्प कोडिनेटर डा गौरव पन्थ आदिको सहभागीता थियो भने नर्सिङ्ग अधिकृत पुजा कोइराला, ट्रान्सप्लान्ट कोर्डिनेटर तारा साँध तथा ल्याब टेक्निसियन साइ राम बस्नेतले सघाएका थिए ।

b]zsf ;ftj6} k|b]zdf lgMz'Ns :jf:Yo lzlj/ tyf c+ubfg sfo{qmd ;~rfng ug]{ s]Gb|sf] of]hgf cg'?k dgfË lhNnfdf cfof]lht a[xt :jf:Yo lzlj/