शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको सहयोगमा पोखरामा मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न


June 24, 2022

देशका सातै प्रदेशमा‌ सेवा बिस्तार गर्ने उधेश्य अनुरुप यस केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ नेतृत्वको टोलीले आज पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न  गरेको छ । बिहीबार प्रतिष्ठानको अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण सफल भएको हो । 


शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको सहयोग तथा कार्यकारी निर्देशक डा. पुकार चन्द्र श्रेष्ठको नेतृत्वमा उक्त प्रत्यारोपण कार्य सम्पन्न भएको थियो । केन्द्रका शल्यचिकित्सक प्रा.डा. राकेश कुमार वर्मा, डा. दिपेश श्रेष्ठ, डा. रोजन अधिकारी, एनेस्थेसियोलोजिष्ट डा. आरती राई, डा. सोभित थापा, नेफ्रोलोजिष्ट डा. कल्पना कुमारी श्रेष्ठ र डा. लुसन सिंहले सघाउनुभएको थियो । रेडियोलोजी विभागका डा. कृष्ण वुढाथोकीले विरामीको प्रत्यारोपित मृगौलाको डप्लर स्क्यान गर्नुभएको र प्रत्यारोपित मृगौलाले राम्रोसँग काम गरेको वताउनुभएको छ ।

प्रत्यारोपण कार्यको संयोजन डा. गौरव पन्त र प्रशासकीय अधिकृत हरीहर पोखरेलले गर्नुभएको थियो । प्रत्यारोपण कार्यमा सघाउनको लागि ट्रान्स्प्लान्ट कोर्डिनेटर तारा साँध, ओ.टी. स्टाफ नर्स कामना वोगटी, विनिता कुटु, ज्योति कोजू, कृष्णा गुरुङ्ग, आई.सि.यु स्टाफ नर्स जयन्ती ताम्राकार र सजना कासुलाले सघाउनुभएको थियो ।

मृगौला प्रत्यारोपण कार्यमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको तर्फवाट शल्य चिकित्सक डा. प्रकाश क्षेत्री, डा. अनुप चापागाइँ, डा. सन्तोष श्रेष्ठ, एनेस्थेसियोलोजिष्ट डा. माया लामा र डा. अनिल प्रसाद न्यौपाने, नेफ्रोलोजिष्ट डा. जुजु राज श्रेष्ठ, डा. अमृत के.सी, वरिष्ठ अस्पताल नर्सिङ्ग प्रशासक सरिता कार्की, ट्रान्सप्लान्ट कोर्डिनेटर गितादेवी तिवारी, ओ.टी इन्चार्ज कविता पौडेलको टोली सम्लग्न रहनुभएको थियो ।

अन्नपूर्ण गाउँपालिकाकी ५१ वर्षीया महिलाको मिर्गौला प्रत्यारोपण गरिएको हो । उनलाई उनका श्रीमानले मिर्गौला दिएका थिए । यसअघि पोखरा तथा गण्डकी प्रदेशका बिरामी मिर्गौला प्रत्यारोपणका लागि राजधानी काठमाडौँ जानुपर्ने अवस्था थियो । पोखरामा मिर्गौला प्रत्यारोपण हुने भएपछि धेरै बिरामीको उपचारमा सहज हुने र आगामी दिनमा यस सेवालाई बढाउँदै लैजाने योजना रहेको प्रतिष्ठानका उपकुलपति प्रा.डा. डुकबहादुर क्षेत्रीले बताउनु भयो । पोखरामा दैनिक डायलासिस गर्न आउने मिर्गौलाका बिरामीको सङ्ख्या ५०० हाराहारी रहेको बताइएको छ ।