नेपाल प्रेस इस्न्टिच्युट को आयोजनामा "अंगदान तथा प्रत्यारोपण गोष्ठी" सफलता पूर्बक सम्पन्न ।


July 18, 2022

मिति २०७९ असार ३१ गते शुक्रबार राजधानीमा आयोजना गरेको "अंगदान तथा प्रत्यारोपण गोष्ठी" कार्यक्रममा यस केन्द्रका कार्यकारी निर्देशक डा. पुकार चन्द्र श्रेष्ठ, वरिष्ठ फिजिसियन डा. कल्पना कुमारी श्रेष्ठ सहितको टोलीले सहभागीता जनाएको छ । उक्त कार्यक्रममा माननीय स्वास्थ्य मन्त्री भवानी प्रसाद खापुङ, स्वास्थ्य सचिव रोशन पोखरेल साथै अन्य वरिष्ठ चिकित्सकहरुले सहभागिता जनाउनुभएको थियो।


सो कार्यक्रममा यस केन्द्रका कार्यकारी निर्देशकज्यू ले नेपालमा अंग प्रत्यारोपण तथा अंग दान सम्बन्धी आफ्ना विचारहरू राख्नुभएको थियो । एउटा मस्तिष्क मरणबाट आठ जनामा अङ्ग प्रत्यारोपण गर्न सकिने कुरा उहाँले बताउनुभयो ।

उहाँका अनुसार मिर्गाैला, फोक्सो, मुटु, कलेजो, ‘प्याङ्क्रियाज’ र आनो आन्द्रा मस्तिष्क मरणबाट अङ्ग प्रत्योरोपण गर्न सकिन्छ । “एक जनाको मस्तिष्क मृत्युको विभिन्न अङ्ग प्रयोग गरेर आठको ज्यान बचाउन सकिन्छ,” उहाँले भन्नुभयो, “खरानी भएर जाने वा गाडेर सकिने अङ्ग दान गर्दा खेरी कसैले पुनःजीवन पाउन सक्छन् र अङ्ग पनि त्यो व्यक्तिमा गएर बाँचीरहने भयो ।”


नेपालमा जनचेतनाको अभावका कारण आफ्नो मृत्युपश्चात अङ्ग दान गर्न हिच्किचाइरहेका छन् । जवकी अङ्गदान गर्दा अङ्ग बिग्रेका व्यक्तिले पुनःजीवन पाउने उहाँको भनाइ छ । केन्द्रले अहिलेसम्म ९०० जनाको मिर्गौला र नौ जनाको कलेजो प्रत्यारोपण गरिसकेको छ । हिजो मात्र एकै दिन चार जनाको मिर्गौला प्रत्यारोपण गरेको उहाँले जानकारी दिनुभयो । मस्तिष्कका मृत्यु व्यक्तिको अङ्गबाट हालसम्म आठ जनाको मिर्गौला र दुई जनाको कलेजो प्रत्यारोपण भइसकेको छ