हेटौडामा‌ पनि प्रत्यारोपण सुरू हुने।


Dec. 8, 2022

भक्तपुरस्थित शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको अगुवाइमा प्रत्यारोपण र डायलाइसिस सेवाको विस्तार भइरहेको छ । यससंगै अब हेटौँडामा पनि प्रत्यारोपण सेवा सुरु हुने भएको छ ।


शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबिच बुधबार हेटौँडामा मिर्गौला प्रत्यारोपण सुरु गर्ने तथा डाइलासिस सेवा विस्तार गर्ने समझदारी भएको छ ।

समझदारी पत्रमा प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेडौँटाका उपकुलपति प्राडा.विश्वराज जोशी तथा हेटौँडा अस्पतालका मेसु डा.रामचन्द्र सापकोटाले हस्ताक्षर गरेका छन् ।

यससंगै अब आर्थिक वर्ष २०७९/८० भित्र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौडामा प्रत्यारोपण सेवा सुरु हुँने केन्द्रले जनाएको छ 

सम्झौता अनुसार केन्द्रले बागमती प्रदेश अन्तर्गतका विभिन्न अस्पतालहरुमा डाइलाइसिस सेवा विस्तार गर्ने, कर्मचारीहरुको लागि आवश्यक तालिम दिने छ ।