स्वास्थ्य सेवा दिवसको अवसरमा निशुल्क स्वास्थ्य परीक्षणको आयोजना।


March 2, 2023

आइतबार स्वास्थ्य सेवा दिवसको अवसरमा प्रदर्शनिमार्गस्थित राष्ट्रियसभा गृहमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रमस्थल बाहिर यस केन्द्रले निशुल्क स्वास्थ्य परीक्षण तथा अंगदान शिविर राखेको थियो। 


उक्त कार्यक्रममा उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कारबाट पुरस्कृत डा.प्रकाश क्षेत्रीले मृत्युपछि अंगदान गर्नुभएको छ । आइतबार स्वास्थ्य सेवा दिवसका अवसरमा आयोजित समारोहमा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत बरिष्ठ कन्सल्टेन्ट सर्जन डा.क्षेत्रीले उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार पाउनुभएको थियो। 


उक्त कार्यक्रममा  ३ जनाले मृत्युपछि अंगदान गरेको,‌‌ १०३ जनाको मिर्गौला परीक्षण, ५८ जनाको युएसजी र ८५ जनाको इको गरिएको छ ।