नेपाललाई मृर्गौला प्रत्यारोपणमा आत्मनिर्भर बनाउँछु


July 19, 2013


जनस्वास्थ्य सरोकार, पुस २०६९
नेपाललाई मृर्गौला प्रत्यारोपणमा आत्मनिर्भर बनाउने मेरो चाहना र लक्ष्य छ ।

यसका लागि जनचेतनालगायत, आवश्यक भौतिक पर्ूवाधार र जनशक्ति विकास, अंगदानका लागि प्रचुर सुविधा, अंग प्रत्यारोपणका लागि विभिन्न केन्द्रहरु स्थापना गर्ने र नेपाली दाजुभाइ दिदीबहिनीहरुले घर खेत सखाप पारी उपचार गर्ने स्थिति नरहोस् भन्ने मेरो इच्छा छ ।

"मस्तिष्कको मृत्यूपश्चात् गरिने अंगदानलाई निकै व्यापक बनाइनर्ुपर्छ । खेर जान लागेको अंगलाई सदुपयोग गरेर अरुको ज्यान बचाउन मर्न अघि मञ्जुरीनामा दिन आवश्यक छ । आफू मरेपनि आफ्नो अंग अरुको शरीरमा बाँचीरहन पाउँछ । यो पुण्य काम हामी सबैले गर्नुपर्छ । यसबाट लैंगिक विभेद पनि हट्दै जान्छ । यसले नेपाललाई मृर्गौला प्रत्यारोपणमा आत्मनिर्भर बनाउन निकै मद्दत गर्छ ।  नेपालको कानुनमा आफू मरेपछि मृर्गौला दान दिन्छु भन्ने मञ्जुरीनामा दिनर्ुपर्छ । यद्यपी, एकजना ब्यक्तिको दर्ुइ वटा मृर्गौला हुन्छन् । मृत्यूपश्चात् दुवैलाई झिक्न सकिन्छ र प्रत्यारोपण गर्न मिल्छ । हामी त्यसका लागि प्राविधिक रुपमा सक्षम छौं । तर नेपालमा "म मरेपछि मृर्गौला दान गर्छर्ुुभन्ने मञ्जुरीनामा अहिलेसम्म ३ सय जनाले मात्र दिएका छन् ।"

वरिष्ठ मृर्गौला प्रत्यारोपण शल्यचिकित्सक डा. पुकार चन्द्र श्रेष्ठ आर्थिक विपन्न मृर्गौला रोगीहरुका लागि भगवानका रुपमा देखा परेका छन् भन्दा त्यति समस्या नपर्ला । एउटा सरकारी अस्पतालमा रहेर मुलुकमा मृर्गौला प्रत्यारोपणलाई र्सवसाधारणको पहुँचसम्म पुर्‍याउन डा. श्रेष्ठको मिहिनेत र लगनशीलता निकै तारिफयोग्य छ । यतिखेर डा. श्रेष्ठ भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक छन् । एउटा नेपालीलाई पर्ने समस्या आफ्नै समस्या ठान्ने पुकारचन्द्र श्रेष्ठ साँच्चै नेपाल आमाको पुकार अनुरुप नै देखिएका छन् । नेपाललाई मृर्गौला प्रत्यारोपणमा आत्मनिर्भर बनाउने लक्ष्ग्यका साथ अघि बढेका डा. श्रेष्ठको यो क्रान्तिकारी अभियान मान्नर्ुपर्छ । उनले सन् २००८ देखि हालसम्म वीर अस्पतालमा अति न्यून शुल्कमा ९३ जनामा मृर्गौला प्रत्यारोपण गरिसकेका छन् । यसअघि उनी बेलायतको सरकारी अस्पतालमा मिर्गौला प्रत्यारोपण गर्थे । हाल डा. श्रेष्ठले मृर्गौला रोगको रोकथामका लागि ग्रामीण क्षेत्रमासमेत गएर जनचेतना अभिबृद्धि गरिरनुभएको छ । 

मानव अंग प्रत्यारोपणको विस्तार
बीर अस्पतालमा मृर्गौला प्रत्यारोपण गर्न पीडितले एक वर्षति कर्ुर्नुपर्छ । यसले मृर्गौला फेल भएका पीडितहरुले लामो समयसम्म दुःख ब्यहोर्नुपरिरहेको छ । सरकारी निकाय पनि यसप्रति अलि संवेदनशील भएको हो कि भन्ने उदाहरण भक्तपुरको भक्तपुर अस्पताल परिसरमा हालै स्थापना गरिएको मानव अंग प्रत्यारोपण केन्द्रबाट सन्तोष मान्न सकिन्छ ।  यस केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले मृर्गौला प्रत्यारोपणलगायत शरीरका अन्य अंग प्रत्यारोपणलाई अझ स्तरीय बनाउन केन्द्र लागिरहेको जनस्वास्थ्य सरोकार राष्ट्रिय मासिकलाई बताए । यस केन्द्रमा २० वटा डायलासिस मेसिन राखेर सेवा सञ्चालन भइसकेको छ । यहाँबाट अत्यन्त न्यून शुल्कमा बिरामीले उपचार सेवा पाउन थालेका छन् । डा. श्रेष्ठ भन्छन्-बिरामीले २ सय ५० रुपियाँ सेवा शुल्कमा डायलाइसिस सेवा प्राप्त गरिरहेका छन् । यस केन्द्रमा चाँडै मृर्गौला प्रत्यारोपणको कार्य थालनी हुने डा. श्रेष्ठले जानकारी गराए । मृर्गौला प्रत्यारोपणको शुरुवात्पछि यस केन्द्रलाई शैक्षिक प्रतिष्ठानको रुपमा विकास गरिनेछ । यस केन्द्रमा उत्पादन गरिएका तालिमप्राप्त दक्ष जनशक्तिले मुलुकको अन्य भागमा गएर सेवा विस्तार गर्नेछन् । यति मात्र नभई केन्द्रमा २ वर्षछि कलेजो र प्यांक्रियाज पनि प्रत्यारोपण गर्ने र ५ वषएको अवधिमा मुटु र फोक्सो प्रत्यारोपण गर्ने योजना भएको डा. श्रेष्ठले जानकारी गराए ।
वास्तवमा मृर्गौला पीडित बिरामीहरुको अंग प्रत्यारोपण गर्न नेपाल आमाको पुकार हुनसक्छ डा. श्रेष्ठले सन् २००८ देखि बीर अस्पतालमा मृर्गौला प्रत्यारोपण सेवालाई सरल र सहजरुपमा निरन्तरता दिए । उनको यो अभियानले निकै राम्रो सफलता प्राप्त गरेको छ ।  डा. श्रेष्ठको यो क्रान्तिकारी अभियान ठान्नर्ुपर्छ । हाल उनी बीर अस्पतालको मृर्गौला प्रत्यारोपण युनिटका प्रमुख छन् । अंगदान र अंग प्रत्यारोपणसम्बन्धि कार्यमा सरकारी प्रयास मात्र प्रयाप्त नहुने हुँदा डा. श्रेष्ठ र समाजसेवी एवं गायक आनी छोइङ डोल्मा , हाँस्य कलाकार महजोडी मदनकृष्ण र हरिवंश आचार्य, कुलचन्द्र गौतम, कुशकुमार जोशी, सर्ुदर्शनराज पाण्डे, डा. बिमल थापा, नविना प्रधान श्रेष्ठ मिलेर यस प्रतिष्ठानले अंगदान र अंग प्रत्यारोपणसम्बन्धि जनचेतनामुलक कार्यक्रम आयोजना गर्नुका साथै प्रत्यारोपणका लागि अत्यावश्यक भौतिक पर्ूवाधारहरु जस्तै-अत्याधुनिक एचएलए ल्याब, डायलासिस सेवा अत्यन्त न्यून शुल्कमा उपलब्ध गराएको छ ।
मानव अंग प्रत्यारोपण कानुनको संकुचन
नेपालमा मानव अंग प्रत्यारोपण गर्न पाउने कानुन बनेको छ । यसमा आफ्ना नातेदारबाहेक अरुले मृर्गौला दान गर्न नपाइने मानव अंग प्रत्यारोपण कानुनमा उल्लेख गरिएको छ । नजिकको नातेदार भन्नाले मृर्गौला प्रत्यारोपण गर्नुपर्ने व्यक्तिको छोरा, छोरी, आमा, बाबाु, दाजु, भाइ, दिदी बहिनी, काका, भतिजा, भतिजी, बाबुतर्फो बाजे बज्यै, छोरातफैको नाति, नातिनी, छोरी तर्फो नाति, नातिनी र विगत दर्ुइ वर्षेखि अटूट रुपमा नाता सम्बन्ध कायम रही आएको पति, पत्नी, धर्मपुत्र, धर्मपुत्री,  सौतेनी आमा, सौतेनी बाबु र सासु, ससुरा भन्ने बुझिन्छ । यदि उल्लेखित ब्यक्तिहरुबीच अंगदान गर्नसक्ने अवस्था छैन, मेडिकल्ली फिट छैन वा इच्छा ब्यक्त  गरेन भने सम्बन्धित पीडितको प्रत्यारोपण हुन सक्दैन । यस्तो अवस्थामा बिरामीको मर्नुको बिकल्प हुँदैन अथवा विदेशतिर जानुपर्ने बाद्यता आउँछ । त्यसैले अंगदान गर्ने कानूनको कमजोरी भएको डा. श्रेष्ठको ठम्याई छ । डा. श्रेष्ठ भन्छन्-परिवारका नजिकको नातेदारले अंगदान गर्ने अवस्था नरहेमा साथीभाइ, छरछिमेकी  एवं आफ्ना सहकर्मी आदिबाट अंग लिएर प्रत्यारोपण गर्नपाउने व्यस्था लागू गर्नुपर्छ । विकसित मुलुकहरुमा यस किसिमको व्यवस्था छ । तर त्यसो भन्दैमा मृर्गौला किनबेचको काम हुन हुँदैन । कसैलाई डर धम्की र त्रास दिएर अंग दान गर्न बाद्य पारिन हुन्न । डा. पुकारको भनाइ छ-कडा कानुन बनाएर उपयुक्त नियम लागू गर्दा कुनै फरक पर्दैन । यद्यपिः आवश्यकताअनुसार जो कोहीले पनि निश्वार्थ अंग दान गर्नसक्ने खुकुलो व्यवस्था बनाइएमा राम्रो हुन्छ । यसका साथै वेचविखन नियन्त्रणका लागि उचित  संयन्त्र बनाउन जरुरी छ । र्
र्सवसाधारणको मृर्गौला प्रत्यारोपणमा पहुँच
मुलुकको राजनीतिक अस्थिरताका कारण धेरै सरकारी संघसंस्थाहरु धरासायी बन्दै गएको अवस्थामा डा. पुकार चन्द्र श्रेष्ठ चाँही सरकारी अस्पताल मार्फ अंग प्रत्यारोपण सुविधा र्सवसाधारणको पहुँचभित्र पुर्‍याउन लागेका छन् । धनी र गरिबको शरीर, पारिवारिक र सामाजिक परिवेश एउटै हुने भएकाले आर्थिक अभावका कारण आर्थिक विपन्न परिवारको व्यक्तिको ज्यान जान हुन्न भन्ने मेरो अवधारणा हो । शरीर धनीको धेरै महत्वपर्ूण्ा र गरिबको कम भन्ने हुँदैन । स्वास्थ्यमा सबैको समान पहुँच र अवसर हुनर्ुपर्छ । त्यसैले सरकारी निकायबाट मात्र यस किसिमको सुविधा संभाव देखेँ । सोही अनुरुप मृर्गौला प्रत्यारोपण सेवा प्रदान गर्न लागि परेँ । -डा. पुकारले यसरी जनस्वास्थ्य सरोकारलाई बताए ।
मृर्गौला दानमा महिलामाथिको शोषण
नेपालमा मृर्गौला दान गर्नेहरुमध्ये ८० प्रतिशत महिला छन् । तर अंग लिने पुरुष धेरै -९० प्रतिशत) छन् । यसबाट महिलाहरुमाथि हुने शोषण चरम देखिन्छ । महिलाहरुले आफूलाई र्समर्पणको दृष्टिले हर्ेर्ने कारण यस अवस्था सृजना भएको डा. श्रेष्ठको आंकलन छ । बीर अस्पतालमा ९३ जनाको मृर्गौला प्रत्यारोपणमा ५ जना पुरुषले मात्र आफ्नी श्रीमतीका लागि मृर्गौला दान गरेका छन् । डा. श्रेष्ठले बेलायतमा ३ सय जनामा मृर्गौला प्रत्यारोपण गरेकोमा अधिकांश पुरुष -९० प्रतिशत) ले महिलालाई मृर्गौला दान दिएको पाइयो-उनले भने-बेलायतमा महिलाहरु आर्थिक रुपमा सक्षम र श्रीमानसँग र्समर्पण हुनपर्ने महिलाको बाद्यता नभएकाले लैंगिक विभेद नभएको हुनसक्छ । नेपालमा मृर्गौला प्रत्यारोपण सन् २००४ मा बीर अस्वतालबाट शुरु भएको थियो । तर विभिन्न कारणले यसले निरन्तरता पाउन सकेन । सन् २००८ बाट डा. श्रेष्ठको सक्रियतामा यसले निरन्तरता पाएको देखिन्छ ।
मृर्गौला फेल हुने कारण
विश्वको तथ्यांकमा मृर्गौला फेल हुने कारणमा उच्च रक्तचाप र मधुमेहलाई मुख्य मानिएको छ । ८० प्रतिशत मृर्गौला फेल हुने यही कारणलाई लिइन्छ । २० प्रतिशत मृर्गौला फेल हुनमा मृर्गौलाका आफ्नै रोग क्रोनिक ग्लोमेरुलोनेप|mाइटिस, पिसाब थैलीमा पत्थरी, ब्रुफिन जातका दुःखाई कम गर्न खाइने औषधि, जेन्टामाइसिन ग्रुपको एन्टिबायोटिक्सलगायतका औषधिको अनियन्त्रित सेवन, वंशाणुगत समस्या आदि भएको डा. श्रेष्ठको भनाइ छ । त्यसैले उच्चरक्तचाप र मधुमेहलाई नियन्त्रणमा राख्न सकेको अवस्थामा धेरै हदसम्म मृर्गौला बचाउन सकिन्छ । यसका साथै हृदयघात, पक्षघात, आँखाको दृश्यशक्तिलाई समेत केही बचाउन सकिन्छ ।
किड्नी फेल भएको पहिचान
मृर्गौला फेल भएको कुरा थोरै ब्यक्तिमा थाहा नपाइकन पनि देखापर्नसक्छ । तर अधिकांश व्यक्तिमा थकावट महसुस हुने, शरीरमा पानी जम्मा हुँदै जाने जस्तो-गोडा फोक्सो आदिमा पानी जम्ने, सास फर्ेन गार्‍ह्रो हुने, स्याँ स्याँ आउने, मुख फूल्ने, छालाको रंग बदलिने, खानामा रुचि कम हुने, वाक वाक लाग्ने, शरीरमा हेमोग्लोबिनको मात्रा कम हुने आदि लक्षण देखिन्छ । मृर्गौलाले रगत बनाउने काम गर्ने भएकाले मृर्गौला  फेल भएपछि शरीरमा रगतको कमी हुँदै जाने कारण एनिमियाको लक्षण देखापर्छ ।
९० प्रतिशत मृर्गौला फेलिएरहरु उपचारबिहीन
नेपालमा मृर्गौला रोगीहरु कति छन् - भन्ने कुराको आधिकारिक तथ्यांक पाइँदैन । आरोग्य प्रतिष्ठान यसको अध्ययनमा जुटेको छ । विभिन्न स्वास्थ्य संस्थामा आउने बिरामीको चापलाई हर्ेदा करिब ३० लाख नेपालीमा कुनै न कुनै किसिमको सानो ठूलो मृर्गौला रोग लागेको अनुमान छ । ३ हजार जनाको बर्षोनी मृर्गौला फेल हुने डा. श्रेष्ठको आँकलन छ । ३ हजारमध्ये ९० प्रतिशत मृर्गौला फेल भएका व्यक्तिले केही महिनाभित्र अकाल मृत्यूको सामना गरिरहेका छन् भने १० प्रतिशत अप्रिmाकामा यो समस्या अझ कहालीलाग्दो छ । यसरी, मृर्गौला प्रत्यारोपणका क्रममा बर्षोनी नेपालबाट ६ अर्ब रुपियाँ विदेशिने गरेको छ । त्यसैले नेपालमा मृर्गौला प्रत्यारोपणको सुविधा दिनुपर्ने अवस्था धेरै छ । बीर अस्पताल र त्रि.बि. शिक्षण अस्पतालमा भइरहेको मृर्गौला प्रत्यारोपणको सुविधा त समुन्द्रको दर्ुइ थोपा पानीजस्तै भएको डा. श्रेष्ठको ठम्याई छ । त्यसैले मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरले यसमा राम्रो टेवा दिने महसुस गरिएको छ ।
उत्कृष्ठ जीवनशैली
मृर्गौला फेल भएका ब्यक्तिको प्रत्यारोपण नहुञ्जेलसम्मको अवस्थामा बचाउने उपाय डायलासिस हो । यो अस्थायी उपाय हो । यसमा शरीर जर्ीण्ा बन्दै जान्छ । यसमा मृर्गौलाले गर्ने प्राकृतिक काम कृत्रिम तरिकाले गरिन्छ । मेसिनबाट रगत सफा गरिन्छ । मेसिनबाट डायलाइसिस गर्दा एचआईभी एड्स, हेपार्टाईटिस बी, सी लगायतका विभिन्न सरुवा रोग संक्रमण हुने निकै संभावना रहन्छ । अतः मृर्गौला प्रत्यारोपण सर्बोत्तम उपाय हो । यसबाट ब्यक्तिको आयु पनि बढ्छ । प्रत्यारोपण गरिएको ब्यक्ति पहिलाको जस्तै क्वालिटी अफ लाइफमा फर्किन्छन् ।
मृर्गौला प्रत्यारोपणपछिको सफल दर
बेलायतमा ४५ वर्षघि मृर्गौला प्रत्यारोपण गरेको व्यक्तिलाई फलोअप गर्दा मैले के पाएँ भने मृर्गौला प्रत्यारोपणपछि रिजेक्सन -प्रत्यारोपित अंगलाई जसले ग्रहण गरेको छ त्यसलाई फ्याँक्न खोज्ने अर्थात अश्विकार गर्न खोज्ने) क्रम बढ्छ । त्यसैले यसका लागि एन्टिरिजेक्सन औषधि दिनर्ुपर्छ । यो निकै महँगो छ । यसले शरीरको प्रतिरक्षा शक्तिलाई पनि कमजोर बनाउँछ । कुनै कुनै एन्टिरिजेक्सन औषधिले नयाँ मृर्गौलालाई आफैं ड्यामेज गर्न पनि सक्छ । त्यसैले पछिल्लो तथ्यांक अनुसार, स्वस्थ ब्यक्तिले दान गरेको मृर्गौलाबाट भएको प्रत्यारोपणमा एक वर्षम्म ९५-९६ प्रतिशत मृर्गौलाले काम गर्ने सफल दर हुन्छ । त्यसपछि ९० प्रतिशत सफलता पाँच वर्षम्म हुन्छ । यसैगरी, करिब ८५ प्रतिशत सफलता १० वर्षम्म हुने गर्छ । त्यसकारण सफल दर क्रमिक रुपमा घट्दै जाने गर्छ । उहाँका अनुसार, मृर्गौला बिस्तारै खिइँदै जाने कारण यो अवस्था सृजना भएको हो । त्यसैले जति पुरानो भयो त्यति नै मृर्गौला कमजोर हुँदै जानसक्छ ।
मृर्गौला दान पुण्य काम
मृर्गौला दान गर्ने ब्यक्ति कमजोर हुन्छ भन्ने आम धारणलाई पनि चिर्न पनि जरुरी छ । यस बिषयमा मैले धेरै शोधखोज र अनुसन्धान गरेँ -डा. श्रेष्ठले भने -कसै कसैमा अन्धाविश्वास पाएँ । अंगदान गरेमा अर्को जन्ममा दान गरेको अंगबिना जन्मने भन्ने किसिमको अन्धविश्वास पनि छ । त्यसैले मैले हिन्दू, बुद्धिस्ट, मुस्लिम, क्रिश्चियन, इस्लाम धर्म गुरुहरुलाई तपाईंहरुको धर्ममा अंगदान गर्न नहुने उल्लेख छ - भन्ने प्रश्न गरेको थिएँ । उहाँहरुबाट कुनै पनि धर्ममा अंगदान गर्न हुँदैन भन्ने छैन । कसैको ज्यान बचाउन अंग दान गर्नु त पुण्य काम हो  भन्ने पाएको थिएँ । त्यसैले यहाँहरुमा भ्रम हटोस भन्ने मेरो चाहना हो । यसका साथै अंगदान गर्दा कमजोर हुने होइन, मृर्गौला दान गरेका व्यक्तिहरुको मृर्गौला दान नगरेको तुलनामा अझ स्वस्थ्य हुने र आयु धेरै हुने पाइएको छ । मृर्गौला दान गर्न पर्ूव मर्ृगाैको सम्पर्ूण्ा परीक्षण हुने भएकाले समस्या आउन नदिने विभिन्न उपायहरु अबलम्बन गरिन्छ । मृर्गौला दान गर्ने ब्यक्तिको एक वर्षछि स्वास्थ्य परीक्षण गर्ने गरिन्छ । यसका साथै दान गर्ने ब्यक्तिहरुलाई नियमित फलोअपमा राख्ने गरिन्छ ।
मृर्गौलाको परीक्षणको आवश्यकता
मृर्गौलाको नियमित परीक्षण गर्दा यदि मृर्गौलाको शुरुको अवस्थामा समस्या पहिचान भएमा बचाउन सकिन्छ । यदि डायबिटिजले मृर्गौलालाई छुन खोजेको अवस्था भएमा राम्रोसँग यसलाई नियन्त्रणमा राखेमा मृर्गौलामा हुने संभावित खतराबाट जोगिन सकिन्छ । ब्लड प्रेसरले मृर्गौलालाई छुन लागेको पहिचान भएमा यसलाई नियन्त्रणमा राखेमा मृर्गौला फेल हुने न्यून संभावना हुन्छ । यद्यपीः डायबिटिज र उच्च रक्तचाप भएका ब्यक्तिमा मृर्गौला फेल हुने, आँखाको समस्या, मुटुमा समस्या आदि हुने संभावना धेरै हुन्छ । त्यसैले खानाको पथपरहेज, चिकित्सकको सल्लाहअनुसार नियमित औषधि सेवन, शारीरिक तौल नियन्त्रण, शारीरिक ब्यायाम आदि गरेर डायबिटिज र ब्लडप्रेसर नियन्त्रणमा ल्याउन सकिन्छ ।
जनचेतना अभिबृद्धिको खाँचो
सरकारी कर्मचारीको हिसाबले गर्ने मेरो भूमिका आफ्नै किसिमको छ-डा. श्रेष्ठले भने-बीर अस्पताल र मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा आवद्ध छु । यी दर्ुइ संस्थामार्फ सरकारको मद्धत र र्समर्थन रहेसम्म र्सवसाधारणको हितमा कुनै काम गर्न कसुर राख्दिन । भक्तपुरमा डायलासिस सेवा अति न्यूज शुल्कमा सञ्चालनमा ल्याएको छ । यसलाई अझ प्रभावकारी, र्सवसुलभ र व्यापक बनाउन लागिरहेको छु । बीर अस्पतालमा १ लाख रुपियाँ सेवा शुल्क लिएर मृर्गौला प्रत्यारोपण गरिरहेका छौं । तर शुल्क जति थोरै छ सेवाको स्तर त्यति नै विश्वस्तरीय छ । मृर्गौला प्रत्यारोपणका लागि कर्ुर्नुपर्ने समस्या निराकरणका लागि देशव्यापीरुपमा सेवालाई प्रभावकारी पुर्‍याउन सक्दो लागि पर्छर्ुु नयाँ पुस्ताको जनशक्ति तयार गरेर क्षेत्रीय तथा अञ्चल अस्पतालहरुबाट यस किसिमको सेवा विस्तार  गर्दै जानेछु । अंगदान र अंग प्रत्यारोपणको क्षेत्रमा जनचेतनाको अभाव खडि्कदै गएको छ । त्यसैले जनचेतना अभिबृद्धि गर्न जरुरी छ । अंगदान गनर्ुपर्छ भन्ने चेतना छैन । त्यसमाथि पनि महँगो सेवा भएर सेवा लिन नसकेर अकाल ज्यान गुमाउने मृर्गौला पीडित धेरै छन् ।
डा. पुकारको दूरगामी सोच
डा. पुकार चन्द्र श्रेष्ठले बाग्लुङ जिल्लामा जन्मिएर आफ्नो बिद्यालयस्तरीय अध्ययन पनि सोही जिल्लामा सम्पन्न गरेका हुन् । आईएस्सी अध्ययनका लागि उनी राजधानी काठमाडौं आएका थिए । उनले बंगलादेशबाट एमबीबीएस सम्पन्न गरी नेपाल फर्किएर शल्यचिकित्सामा मार्स्र्टस गरेका छन् । शुरुमा उनले नेपालको पश्चिमी भाग बुटवलमा तीन वर्षति शल्यक्रिया सम्बन्धि अभ्यास गरेका थिए । त्यो बेला आफू दिनरात खटेर शल्यक्रिया गर्ने गरेको अनुभव उनी बताउँछन् ।
डा. श्रेष्ठलाई एडभान्स तहको शल्यक्रिया गर्ने सोच बढ्दै गएको थियो । तर कुन क्षेत्रमा हात हाल्ने भन्ने कुरामा अलि अलमल परेका थिए । नेपालमा मिर्गाैला प्रत्यारोपण सुविधा नभएका कारण मिर्गाैला प्रत्यारोपणका लागि धेरै पैसा विदेशतिर पलायन हुँदै गएको र आर्थिक विपन्न ब्यक्तिहरुले अकालमा ज्यान गुमाउनुपरेको यथार्थ तथ्य घटनाहरुको अध्ययन र अनुसन्धानपछि मिर्गौला प्रत्यारोपणमा नै आफूलाई र्समर्पण गर्ने सोच डा. श्रेष्ठले बताए ।
डा. पुकारले नेपालाई नै किन गन्तव्य बनाए -
बेलायतमा मिर्गौला प्रत्यारोपण सम्बन्धि तालिमका क्रममा उनले युवा शल्यचिकित्सा प्रतिस्पर्धामा उत्कृष्ट अवार्ड पनि प्राप्त गरेका छन् । बेलायतमा उनले ६ हप्ताको अब्जर्भेसन टूरका लागि छात्रबृत्ति पाएका थिए । यस क्रममा उनले निकै राम्रोसँग अनसुन्धान गर्ने र अन्य शल्यचिकित्सकले गरेको काम ध्यान दिएर हर्ेर्थे । यसबाट प्रभावित भएर बेलायतमा डा. श्रेष्ठले  मृर्गौला प्रत्यारोपणसम्बन्धि पर्ूण्ाकालीन तालिम लिने अवसर पाए । मृर्गौला प्रत्यारोपणसम्बन्धि तालिम सम्पन्न गरेपछि बेलायत सरकारले उनलाई सरकारीस्तरमा काम गर्ने अवसर दियो । ६ वर्षति राम्रोसँग काम गरे । यस अवधिमा उनी ४ वर्षो बच्चादेखि ८० वर्षो बूढाबूढीकोसमेत मृर्गौला प्रत्यारोपण गर्न सफल भएका  थिए । बेलायतमा मृर्गौला प्रत्यारोपण गर्दै जाँदा नेपालको मायाले उनलाई त्यहाँ बस्न मन लागेन । उनमा नेपालमा १८-२० वर्षा युवासमेत मृर्गौला फेल भएर अकाल मृत्यूको शिकार भइरहेको यथार्थताले पीडा दिन थाल्यो र नेपालमा गएर मृर्गौला फेल भएर बसेका बिरामीको मृर्गौला प्रत्यारोपणमा समर्पित हुने सोच बढ्दै गयो । अन्ततः उनले बेलायतको सरकारी जागिरबाट राजिनामा दिए र सन् २००८ मा नेपाल फर्के । नेपाल र्फकने क्रममा उनका प्रोफेसरहरुले नेपालमा मृर्गौला प्रत्यारोपणको सुविधा नभएकाले बेलायततिर नै बस्न आग्रहसमेत गरेका थिए । तर उनले बेलायती चिकित्सकको सहयोग लिएर नेपालमा सहज र सरल रुपमा मृर्गौला प्रत्यारोपण गरिछाड्ने  अठोट लिए । डा. पुकारको अठोट अनुसार, दर्ुइ जना बेलायती चिकित्सक प्रा.डेविट तल्वार र डा. डेविड सिकसले नेपाल आएर उनको अभियानमा निकै ठूलो सहयोग पुर्‍याए । आज आएर डा. श्रेष्ठको सक्रियतामा मुलुकको जेठो सरकारी बीर अस्पतालको मृर्गौला प्रत्यारोपण  सेवा विश्वको उत्कृष्ट केन्द्रहरुको नतिजासँग तुलनायोग्य भएको छ । विश्वका कुनै पनि ठाउँमा मृर्गौला प्रत्यारोपणसम्बन्धि दिइने सेवा र सुविधासरह सेवा उपलब्ध गराउन हामी सक्षम छौं-डा. श्रेष्ठ बताउँछन् । 
डा. पुकारलाई नेपाल सरकारको उत्कृष्ठ पुरस्कार
उत्कृष्ठ अंगदान र अंग प्रत्यारोपणसम्बन्धि कार्यमा महत्वपर्ूण्ा योगदान पुर्‍याएवापत् नेपाल सरकारले नेपालको इतिहासमै पपहिलोपटक डा. श्रेष्ठलाई हालै मात्र उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कारले सम्मानित गरेको छ । सो पुरस्कारवापत प्राप्त १ लाख रुपियाँ डा. श्रेष्ठले सामाजिक सेवामार्फ र्सवसाधारण नागरिकको स्वास्थ्योपचारका लागि स्थापित संस्था आरोग्य प्रतिष्ठानलाई हस्तारन्तरण गरेका छन् ।
डा.श्रेष्ठले मुलुकमा मृर्गौला प्रत्यारोपण अभियानको श्रेय आफ्ना सहकर्मीहरु डा. सुदेस्का, डा. बिजय शर्मा, डा. रजनी हाडा, डा.राजेन्द्र अग्रवाल, डा. बीडी झा, डा. पवन सुल्तानीया, स्वास्थ्यसचिव डा. प्रबिन मिश्र, डा. बुलन्द थापालगायतका चिकित्सक र बीर अस्पतालका नर्सिङ स्टाफहरुलाई दिएका छन् । डा. श्रेष्ठले यस अभियानमा अल इन्डिया इन्स्िटच्यूट दिल्लीका डा. सन्दीप गुलेरियाले पुर्‍याएको सहयोग सर्‍ह्रानीय भएको बताएका छन् ।
डा. श्रेष्ठ सादा जीवन उच्च विचारलाई मना गर्छन् । आफ्नो अभियानमा परिवारको पर्ूण्ा सहयोग र र्समर्थनका कारण आफूलाई अझ काम गर्ने हौसल बढ्दै गएको उनको भनाइ छ । परिवारमा श्रीमति नविना श्रेष्ठ युएनको जागिरे भएका कारण पनि आर्थिक बोझ नलिइकन आफूले निश्चिन्त काम गर्न पाएको डा. श्रेष्ठ बताउँछन् । डा. श्रेष्ठका नविना र प्रकृति नाम गरेका दर्ुइजना छोरी छन् ।