July 19, 2013
मकर श्रेष्ठ
भक्तपुर, फाल्गुन २३ -
'अस्पतालमा उपचार सफल भए ठीक हुन्छ । असफल भए सुरुमा मानिसको मस्तिष्कको
मृत्यु हुन्छ । अन्य अंगले विस्तारै काम गर्न छाड्छन्, मानव अंग
प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा.पुकार श्रेष्ठले भने, ँयस्तो
अवस्थामा चिकित्सकले मृत घोषणा गर्ने प्रावधान छ । यसबीच फोक्सोको काम
भेन्टिलेटरद्वारा कृत्रिम रूपमा चलाइन्छ । मुटुको चाल पनि केही समयलाई
चलाउन मिल्छ । यही समय कलेजो, मृगौला, मुटु, फोक्सोलगायत विभिन्न अंग दान
गराएर प्रत्यारोपण गर्न मिल्छ ।’
मृत्युपछि आँखालगायत अंग दान गर्नु नौलो होइन । तर केही वर्षयता
दुर्घटनामा निधन भए मृगौला दान होस् भन्ने चाहनेको संख्या पनि राम्रै बढेको
छ । सडक दुर्घटना र मस्तिष्कघातका कारण हुन सक्ने मृत्युपछि अरूको जीवन
बचाउने वाचा गर्दै प्रतिबद्धता जनाउनेहरूको संख्या ४ सय ५० पुगेको छ ।
त्यस्ता व्यक्तिको मस्तिष्क पहिले मर्छ र तर शरीरका अंग काम लाग्ने हुन्छन्
।
'अस्पतालमा उपचार सफल भए ठीक हुन्छ । असफल भए सुरुमा मानिसको मस्तिष्कको
मृत्यु हुन्छ । अन्य अंगले विस्तारै काम गर्न छाड्छन्,' मानव अंग
प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा.पुकार श्रेष्ठले भने, 'यस्तो
अवस्थामा चिकित्सकले मृत घोषणा गर्ने प्रावधान छ । यसबीच फोक्सोको काम
भेन्टिलेटरद्वारा कृत्रिम रूपमा चलाइन्छ । मुटुको चाल पनि केही समयलाई
चलाउन मिल्छ । यही समय कलेजो, मृगौला, मुटु, फोक्सोलगायत विभिन्न अंग दान
गराएर प्रत्यारोपण गर्न मिल्छ ।' एक जनाको मृगौलाले दुईले नयाँ जीवन पाउन
सक्छन् । मृत्युपश्चात् आँखा दान दिने व्यवस्था भए पनि ०६७ साउनदेखि मृगौला
दानको अभियान सुरु भएको हो ।
दान दिन मञ्जुरीनामा दिनेमा स्वास्थ्यमन्त्री राजेन्द्र महतो, मुख्यसचिव
लीलामणि पौडेल, स्वास्थ्य सचिव डा.प्रवीण मिश्र, डा.उपेन्द्र देवकोटालगायत
छन् । मृत्युपछि मृगौला दानको मञ्जुरीनामा दिने श्रेष्ठ पहिलो व्यक्ति हुन्
। अंग दानसम्बन्धी जनचेतनाको अभावले मृत्युपछि मृगौला दान गर्नेको संख्या
विकसित मुलुकहरूमा जस्तै उल्लेख्य हुन नसकेको श्रेष्ठले बताए ।
अहिले नसर्ने खालका रोग वृद्घ िभएकाले मृगौलालगायत अंग बिगि्रनेहरूको
संख्या बढिरहेको सचिव मिश्रले बताए । 'मरणोपरान्त अंग दान दिने प्रक्रियाले
समाज, व्यक्तिसहित देशलाई फाइदा पुग्छ,' अंग दानको मञ्जुरीनामासमेत
दिइसकेका उनले भने, 'मृत्युपछि अंग जलाइन्छ भने म किन त्यसको उपयोग भलाइका
लागि नगरूँ ? म नरहे पनि मेरो नष्ट हुने अंगले अरूको ज्यान बचाउँदा जस्तो
पुण्य, भलाइ र समाज सेवा केहीबाट हुँदैन ।'
यसका लागि मुलुकमा कानुनी व्यवस्था गरिनुपर्ने उनले बताए । यसका लागि पहल
भइरहेको जनाउँदै उनले भने, 'एउटा व्यक्तिले जीवन गुमाए पनि अन्य ८
जनासम्मले नयाँ जीवन पाउन सक्छन् ।' उनका अनुसार फोक्सो, मृगौला, मुटु,
कलेजो, प्याङक्रियाज र सानो आन्द्रा प्रत्यारोपण हुन सक्छ । मस्तिष्क
मृत्यु भएका व्यक्तिबाट निकालेको मृगौला २४ घन्टाभित्र प्रत्यारोपण
गरिसक्नुपर्छ ।
मृगौला दान दिन चाहनेले 'मरेपछि मेरो मृगौला दान गछुर्ं भनेर मृत्युअघि
नै मञ्जुरीनामा' दिएको हुनुपर्छ । सरकारले यसका लागि भक्तपुरको मानव अंग
प्रत्यारोपण केन्द्र र मृगौला प्रत्यारोपण युनिट वीर अस्पताललाई जिम्मेवारी
दिएको छ । आरोग्य प्रतिष्ठान पुल्चोकले यस कार्यमा योगदान पुर्याइरहेको
श्रेष्ठले बताए । दुर्घटनाबाट वीर अस्पतालमा मात्रै बर्सेनि करिब २ सय
जनाको मस्तिष्क मृत्यु हुँदै निधन हुने गरेको अस्पतालले जनाएको छ ।
सरकारले केही दिनअघि मनाएको स्वास्थ्य दिवसमा ५३ जनाले मृगौला दान गरेका
छन् । अंग दानको प्रचारप्रसारको कमीले तल्लो तहसम्मका सर्वसाधारणले थाहा
पाउन नसकेको चिकित्सक बताउँछन् । मस्तिष्क मृत्युपछि मृगौला दान गरेर
प्रत्यारोपणका लागि आवश्यक भौतिक पूर्वाधार एचएल ए ल्याब पनि नेपालमै
व्यवस्था छ । 'यस्ता व्यक्तिको अंग लिने र प्रत्यारोपण गर्न प्राविधिक
रूपले हामी सक्षम छौं,' श्रेष्ठले भने, 'खेर गइरहेको अंग दान गर्दा धेरैले
नयाँ जीवन पाउन सक्छन् ।' नेपालको कानुनअनुुसार अहिले मृगौला काम नलाग्ने
भएका व्यक्तिको नजिकको नातेदारले मात्रै अंग दान दिन पाउँछन् ।
Source: Kantipur, http://www.ekantipur.com/kantipur/news/news-detail.php?news_id=291225