कान्तिपुरमा प्रकाशित लेखको बारेमा मेरो प्रतिकृया!!!


Jan. 27, 2021

१२ माघ २०७७ मा कान्तिपुर दैनिकको लेख, म र मेरो अस्पताल संग संबन्धित भएकोले यो प्रतिकृया नलेखिकन मनले मान्दै मानेन। हुन त यस्तो झुट समाचार प्रति  चासो ब्यक्त नगरे पनि हुने थियो तर त्यस लेखमा आएका निम्न स्तरका कमेण्टहरु र मानिसमा पर्न जाने भ्रम मेट्नको लागी मैले नलेखि नहुने भयो। चिकित्सकिय पेशा संग संबन्धित लेख लेख्ने बेलामा सो बिषयमा सत्य तथ्य के हो, कुनै पनि रोगको उपचार कसरि हुन्छ र उपचारको क्रममा के कस्ता जटिलताहरु आऊन सक्छन भन्ने‌ कुरा नजानिकन र नबुझिकन लेखकले यस्ता झुट र कपोलकल्पित लान्छना लगाई स्वास्थ्यकर्मिहरुको मान-मर्दन र चरित्र हत्या गरेकी छन। यसमा मेरो घोर आपत्ति छ। एक पटक उनले मलाई सोधेकी थिईन के भएको हो भनेर। मैले पनि अपरेशनको क्रममा बिरामीको रक्तचाप कम भई मृगौला भित्र रगत जम्न गई उक्त मृगौलाले काम नगरेको कुरा बताएको थिए तर लेखमा त उनले अपरेशन पश्चात १८/१८ घण्टा सम्म चिकित्सक नआएको, बिरामीका मान्छेहरुलाई भेट्न नखोजेको, बिरामीलाई छोडेर प्राईभेट अस्पताल तिर गएको भन्ने जस्ता कपोल-कल्पित लान्छना लगाएकि छन। महाशय उक्त बिरामीको उपचारमा हाम्रो अस्पतालको लामो संबन्ध छ। बर्षौ देखि अहिले सम्म र भविष्यमा पनि हामीहरुले नै उपचार गर्ने छौं। बिरामीको बारेमा एऊटा भ्रामिक लेख लेखेर तपाईको कुण्ठा सकिए जस्तो हाम्रो जिम्मेवारी सकिदैन। तपाई त आऊनु हुदैन बिरामीलाई सहयोग गर्न, हामीहरुले नै बिरामीलाई उपचार गर्ने हो। अनि यस्ता अनर्गल लेख प्रकाशित गरे पछि तिनै बिरामीको उपचार गरि रहेका स्वास्थ्यकर्मिहरुको मनोबल के होला, बिरामी निको भएर कहिले घर पठाऊन सक्लान, भबिष्यमा के कस्तो उपचार चाहिन सक्ने होला भनेर केही सोच आएन मनमा? शायद तपाईले आफ्नो कार्यकक्षमै बसेर समाचार रच्नु भन्दा अस्पतालमै आएर बिरामी, चिकित्सक, नर्सहरु र अन्य ब्यक्तिहरु संग बुझेर लेखेको भए सत्य कुरा थाहा हुने थियो।
अब कुरा गरौ बिरामीको बारेमा। प्रकाशित लेखमा बिरामीको परिचय गोप्य राख्नु पर्ने न्युनतम ईथिक्सको पालना नभय पनि हामी त्यो ईथिक्सको पालना गर्दै यहा बिरामीको नाम र ठेगाना लेखिने छैन। मृगौला पिडित ऊहांलाई हामीले बर्षौ देखि उपचार गर्दै आई रहेका थियौ। ऊहांको मृगौला प्रत्यारोपण गर्ने तैयारी एक बर्ष अगाडी नै गरेका थियौं तर कोभिडको बन्दा-बन्दिले गर्दा गर्न सकिएको थिएन। बिरामीको आर्थिक अवस्था पनि कमजोर रहेकोले केही समय ढिलो भयको थियो। यहा सम्म कि अपरेशनको बेलामा रगत जम्मा गर्ने र अपरेशनको लागि मन्जुरीनामा (यसमा हामीहरुले बिरामीलाई अपरेशनको प्रकृया, अपरेशन गर्दा आऊन सक्ने जटिलता र मृत्यु समेत हुन सक्ने संभावनाको बारेमा भिडियो काउन्सेलिंग गरेका हुन्छौं) दिने ब्यक्तिहरु नभएर घण्टौ लागेको थियो‌। ऊहांको शल्यकृया शुक्रबारको दिन बिहान ११ बजे शुरु भई सांझ ५:३० मा सकिएको थियो र ५/६ जना सर्जन, ४/५ जना एनेस्थेसियोलजिष्ट, ७/८ जना नर्सहरुको संलग्नता थियो। अपरेशन भरि कुनै समस्या आएको थिएन र अपरेशनको अन्तमा मृगौलाले काम गर्न शुरु गरि सकेको थियो। तर दुर्भाग्यबस अन्तमा  ऊहांको रक्तचाप यसरी घट्न गयो कि चिकित्सकहरुलाई रक्तचाप बढाऊन धेरै नै गाह्रौ परेको थियो। शुरुमा काम गरेको मृगौलाले रक्तचाप कम भयपछि पिसाब बनाऊन छोडेको थियो तर पछिबाट ब्लड प्रेसर ठिक भयपछि मृगौलामा रक्त संचार हुन्छ र त्यो मृगौलाले काम गर्न शुरु गर्छ। अपरेसन पश्चात बिरामीलाई आई. सि. यु. (मृगौला प्रत्यारोपण पछि बिरामी राखिने वार्ड) मा राखि उपचार गरिएको थियो। डोप्लर अल्ट्रासाऊण्डले पनि मृगौलामा रक्त संचार भयको देखाएको थियो। अपरेशनको अन्तमा निस्कने बेलामा बाहिर बसेकी एक जना मात्र महिलालाई अपरेशनको बारेमा बताएर म निस्केको थिएं। सबैलाई थाहा भयको कुरा हो कि अपरेशन गर्ने शल्य चिकित्सक २४ घण्टा बिरामीको आडमा बसेको हुदैन तर ड्युटीमा अपरेशनमा संलग्न सर्जनहरु मध्य २ जना, एनेस्थेसियाबाट १जना र ३ जना नर्सहरुले बिरामीको लगातार हेरचाह गरिरहनु भयको थियो। भोलि पल्ट बिहान शनिबारको दिनमा पनि फेरि डोप्लर अल्ट्रासाऊण्ड गर्दा मृगौलामा रक्त संचार नभयको देखायो। त्यति नै बेला फेरी अपरेशन गर्ने निधो भयो। अपरेशन भन्ने कुरा लेखकले कल्पना गरेर लेखेको लेख जस्तो हुदैन। यसका लागी आवस्यक पर्ने हेमोडायलाईसिस र सि.टी. स्क्यान  गरेपछि मात्र अपरेशन कोठामा लगिएको थियो। दोश्रो अपरेशन गर्दा पनि के भयको हो, किन फेरि अपरेशन गर्न पर्यो र अपरेशनको बेलामा के कस्तो हुन सक्छ भनि बताएर मंजुरीनामा लिनु पर्नेमा फेरी उहांको कोहि पनि मान्छेहरु नभयको कारण अर्को एक-डेढ घण्टा ढिलो हुन गएको थियो। अपरेशनको बेलामा मृगौलामा जाने र दाहिने खुट्टामा जाने रक्तनलिमा रगत जमेर रक्त संचालन रोकिएको पाईयो। रक्तनलिमा जमेको रगत निकालेपछि खुट्टामा रगत संचालन हुन थाल्यो तर मृगौलामा भयन। मृगौला निलो रंगको भई सकेको थियो। त्यसतो मृगौलालाई ननिकालेर शरिरमै छोड्दा ईन्फेक्सन भई बिरामीको ज्यान जान सक्ने हुंदा अपरेशन अगाडी बताए अनुसार उक्त मृगौला निकालिएको थियो। निकालिएको मृगौला बाहिर बसेका आफन्तहरुलाई देखाई बायोप्सिको लागि पठाईएको थियो। यस कुराको पुष्टि बायोप्सि रिपोर्टले गरि सकेको छ। बिश्वको तथ्यांक हेर्ने हो भने मृगौला प्रत्यारोपण गरिएका ३-४ प्रतिशत बिरामीमा रगतका नशाहरुमा समस्या देखिन सक्छ र ०.००३% मृगौला दाताको तथा ३% ग्रहणकर्ताको मृत्यु हुन सक्छ। त्यसको भोलि पल्ट अर्थात आईतबारको दिन बिरामीका आफन्त तथा उहांको गाऊंबाट आएका बुद्धिजिबीहरु राखेर घटनाको बारेमा संपुर्ण कुरा बताईएको थियो। ऊहाहरुले पनि सत्य-तथ्यलाई बुझेर बिरामीको बाकी उपचारका लागि शुभकामना दिनु भयको थियो। त्यसको पर्सि पल्ट मात्र म बिदा लिई काठमाण्डौ बाहिर गएको भयता पनि लगातार चिकित्सकहरुको संपर्कमा थिए। मेरो अनुपस्थितीमा पनि अस्पतालका चिकित्सक र नर्सहरुले बिरामीको उपचारमा केही कसर बाकि राख्नु भयन र हरेक दिन बिरामी कुर्न बसेका ब्यक्तिलाई बिरामीको बारेमा बताई रहनु भयको थियो। तर म नभयको बेलामा भिड गर्ने, क्यामेरा बोकेर अस्पताल वरिपरि घुम्ने, अस्पतालका कर्मचारीहरुलाई मानसिक दवाव दिने, अनलाईनमा भयको नभयको नानाथरि कुरा लेख्ने काम भएको रहेछ। जस्तो सुकै गाली-गलौज र अपशब्द बोले पनि अबको २/४ दिनमा बिरामी डिस्चार्ज हुन सक्नु हुन्छ। बिरामीका ज्वाईं, काका र श्रीमती संग हाम्रो लगातार कुराकानी भई रहेको छ। बिगत केही दिन देखि बिरामीलाई कुर्नेमा एक जना बहिनी बाहेक अरु मान्छेहरु देखा परेका छैनन्।
बिरामीको उपचार गर्नु हाम्रो कर्तब्य हो र जस्तो सुकै झुट, कपोलकल्पित लान्छनाहरु लगाए पनि स्वास्थ्यकर्मिहरु आफ्नो पेशा र बिरामीको फाईदाको लागी पछाडी पर्दैनन्। ऊहा बिरामीको भबिष्यमा उपचार गर्ने पनि हामी नै हो। अपरेशनको क्रममा कहिल्यै पनि १००% सफलता मिल्दैन तर उपचारमा संलग्न टिमले बढि से बढि सफलताज्ञप्राप्त गर्न दिन रात मेहनत गरि रहेका हुन्छन। कान्तिपुर जस्तो पत्रिकाले जनतामा सही, भ्रम हटाऊने र जनतालाई सुसुचित गर्नु पर्ने ठाऊमा चिकित्सक/स्वास्थ्य संस्था र जनता बिचमा खाडल खन्ने दुस्प्रयास गरेको छ जुन कुरा साह्रै नै खेद जनक छ‌।